कर्मचारी भर्ना प्रक्रिया सुरु: ९३ जना सहसचिव र २ सय ९४ उपसचिवका लागि लोकसेवा खुल्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्मचारी भर्ना प्रक्रिया सुरु: ९३ जना सहसचिव र २ सय ९४ उपसचिवका लागि लोकसेवा खुल्दै


११ आश्विन २०७४, बुधबार


काठमाडौं । सरकारले मंगलबारदेखि नै औपचारिक रुपमा कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ । कर्मचारी समायोजना विधेयकमा रहेको एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्ने प्रावधान हटाएसंगै सरकारले मंगलवारदेखि नै कर्मचारी भर्ना प्रक्रिया थालेके हो ।

सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायका रिक्त पदका आधारमा मंगलबार विभिन्न सेवा समूहका ९३ जना सहसचिव र २ सय ९४ जना उपसचिवको पदपुर्ति गर्न आग्रह गर्दै मागविवरण लोकसेवा आयोगमा पठाएको छ । प्राविधिक र अप्राविधिक सहसचिव र उपसचिवव गरी सबैको विवरण एकसाथ पठाइएको हो ।

निजामती सेवामा हाल नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा, कृषि, वन, न्याय, परराष्ट्र, लेखापरीक्षण, शिक्षा र विविध गरी १० वटा सेवासमुह छन् । ती सवै सेवा समूहका लागि सामान्य प्रशासन मन्त्रालयले ९३ जना सहसचिव र २ सय ९४ जना उपसचिव माग गरेर लोकसेवा आयोगमा पठाइएको मन्त्रालयका जनशक्ति विकास शाखाप्रमुख उपसचिव शालिकराम दाहालले जानकारी दिए । सबैभन्दा बढी प्रशासन सेवामा सहसचिवतर्फ ५० जना र उपसचिवतर्फ ८३ जनाको मागविवरण पठाईएको छ ।

लोकसेवा आयोगले माग विवरण प्राप्त भएकोले नियमिति क्यालेन्डर अनुशार नै विज्ञापन गरिने जानकारी दिएको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस