भीमेश्वरको शिलामा पसिनाःराष्ट्रमा हुने परिवर्तनकारी पूर्व घटनाको संकेत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भीमेश्वरको शिलामा पसिनाःराष्ट्रमा हुने परिवर्तनकारी पूर्व घटनाको संकेत


११ आश्विन २०७४, बुधबार


काठमाडौं । नेपालको प्रसिद्ध मन्दिर दोलखा भीमेश्वरको शिलामा पसिना आएको छ । भीमश्वर नगरपालिका–२ दोलखा बजारमा रहेको भीमेश्वरको शिलामा मंगलबार दिउँसो २ बजेर ५५ मिनेट जाँदा पसिना आएको स्थानीय शिवजी प्रधानले जानकारी दिए ।

सुरुमा पसिना आएर केही समयमै रोकिए पनि दोस्रो पटक ३ बजेर ५५ मिनेट जाँदा आएको पसिना भने साँझ ५ बजेर १५ मिनेट जाँदा मात्र रोकिएको थियो । निरन्तर पसिना आएपछि त्याहाँका पुजारीले कपासले पुछेका थिए । यसअघि २०७० सालको ३० मंसिर र २८ माघमा आएको थियो । पसिना आएको दुइ वर्ष पछि विनाशकारी महाभूकम्प आयो । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस