२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामचोर कर्मचारीः आधारशिविर नै जाँदैनन् सम्पर्क अधिकृत

अ+ अ-

काठमाडौं । सम्पर्क अधिकृत (सरकारी कर्मचारी) को अनुपस्थितिले आरोही र पर्यटकमाथि आक्रमणदेखि हत्यासम्मको घटना हुने गरेका छन् ।

पर्वतारोहणमा नेपाल विश्वमै नाम कहलिए पनि राज्यले खटाउने सम्पर्क अधिकृतका कारण बदनाम हँदै गएको छ ।

विश्वका आरोही लाखौँ खर्चेर आउने गरे पनि नेपालमा राज्य पक्षले सहयोग गर्दैन भन्दै फर्कने गर्छन्।

प्रत्येक वर्ष आरोहण दलसहित आरोहण गर्न नेपाल आउने विश्वचर्चित पर्वतारोही रोसल ब्राइस सम्पर्क अधिकृत आरोहीको पक्षमा नभएको बताउँछन् ।

सम्पर्क अधिकृतको आरोहीसँग प्रत्यक्ष सम्पर्क नहुँदा, आधारशिविर नपुग्दा दर्जनौं आरोहण असफलसमेत हुने उनी उल्लेख गर्छन् । सम्पर्क अधिकृतको अनुपस्थितिमै समन्वय अभावले रोप फिक्सिङ (बाटोमा डोरी टाँग्ने) गर्न नसकेर आरोहण असफल हँदा आरोहीले हरेक वर्ष करोडौँ लगानी खेर फाल्नुपरेको उनले सुनाए । ९५ प्रतिशत सम्पर्क अधिकृत आधारशिविर नपुग्ने र केही पुगे पनि तुरुन्तै फर्कने गरेका छन् ।

पर्यटन मन्त्रालयले आफूले रुचाएका मानिसलाई सम्पर्क अधिकृत बनाई मोटो रकम दिलाउने पुरानै चलन हो । यसमा पहुँचवाला कर्मचारी प्रायः पर्छन् । जबकि पर्वतारोहण र सुरक्षा समन्वयसम्बन्धी भरपर्दो ज्ञान र अनुभव भएको व्यक्ति हुनुपर्ने नियम छ । तर, उच्चपदस्थको तजविजतमा कुनै ज्ञान नभएका मानिस वर्षमै २ पटकसम्म सम्पर्क अधिकृत बनेको पाइन्छ ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई फिल्डमै जानुपर्छ भनेर कानुनले भनेको र आरोहण दललाई ब्रिफ गर्दा पनि काम, कर्तव्यबारे प्रस्ट पारिने उल्लेख गर्छन् ।राज्य पक्षले गर्नुपर्ने सम्पूर्ण काम सम्पर्क अधिकृतले गर्ने गरी हिमाल पठाइनेमा नगएको विषयलाई लिएर अनुसन्धान थालिएको उनले सुनाए ।

मन्त्रालयले शारीरिक क्षमता भन्दा पनि पहुँचका आधारमा सम्पर्क अधिकृत खटाउने प्रचलन नहटेसम्म पर्वतारोहण सुधार नहुने पर्वतारोही गाइड छिरिङ पाण्डे भोटे बताउँछन् । प्रायः विदेशी आरोही राज्यका कर्मचारीले सहयोग नगरेको आरोप लगाउँछन् ।आरोहणको रिपोर्ट काठमाडौंमै बसेर बुझाउँदा फोहोर, सुरक्षा सतर्कता र आरोहणमा समस्या हुने गरेको उनीहरूको भनाइ छ ।
अधिकांश विदेशी आरोहीले सम्पर्क अधिकृतलाई नकारात्मक दृष्टिले हेर्ने नेपाल राष्ट्रिय पथ प्रदर्शक संघका महासचिव गाइड फूर्वा नाम्गेल शेर्पा बताउँछन् ।

यसै वर्ष ३९ आरोहण दलले आरोहण गरे तर नेपाली सेनाका दुई जनाबाहेक बाँकी कोही आधारशिविर पुगेनन् । चालु सिजनमा ३४ आरोहण दल हिमाल पुगे पनि सम्पर्क अधिकृत काठमाडौंमै बसेको शेर्पा खाङ्ग्री ट्रेकिङ एजेन्सीका प्रमुख तेम्बाछिरी शेर्पा दाबी गर्छन् ।

उनले आफ्नो टोली मनास्लु हिमालको आधारशिविर पुगेर आरोहणमा सरिक भइसके पनि सम्पर्क अधिकृत नआएको भन्दै आक्रोश पोखे । सम्पर्क अधिकृतहरू आधारशिविर नआउने, काठमाडौमैं बसेर गलत रिपोर्टिङ गरिदिन्छु भन्दै धम्क्याउने गरेको उनले गुनासो गरे ।

एक एजेन्सी प्रमुखको आरोप झन् गम्भीर छ । ‘हामी आधारशिविर जानुअघि नै सम्पर्क अधिकृतलाई लत्ताकपडादेखि अत्यावश्यक सामग्री खरिद गरिदिनुपर्छ र कानुनले तोकेको भत्तासहित पाँच लाखसम्म नदिएमा सिन्को भाँचिँदैन’, उनी भन्छन् ।

गत वर्ष खुम्बुको थुक्लामा पर्वतारोहणबारे कुनै ज्ञान नभएका एक सम्पर्क अधिकृतको मृत्यु भयो । आरोहण टोलीलाई सुरक्षित र यात्रा व्यवस्थित पार्ने जिम्मेवारी सम्पर्क अधिकृतको भए पनि उल्टै उनीहरूलाई कसरी जोगाउने भन्ने चिन्ता लिनुपर्ने सेभेन समिट ट्रेकिङ एजेन्सीका प्रमुख मिङमा शेर्पाले बताउँछन् । ‘आधारशिविरको यथार्थ जानकारी नआएपछि समस्या पर्छ’, उनले भने ।

पर्यटन विभागको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्नातक गरेका नासुभन्दा माथिका कर्मचारीलाई एक साताको तालिम दिएर हिमाल पठाउने गरेको छ । उनीहरू शारीरिक रुपले पनि सक्षम हुनै पर्छ । अहिलेसम्म तीन हजार पाँच सय ६० जनाले सम्पर्क अधिकृतका लागि तालिम लिइसकेका छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

0 Comments