संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक


१० आश्विन २०७४, मंगलबार


काठमाडौं । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनसंरचना समितिले तयार पारेको संघीय निजामती सेवा ऐन राय, सुझाव र प्रतिक्रियाका लागि खुल्ला गरिएको छ ।

सोमबार सामान्य प्रशासन मन्त्रालयमा आयोजित बिभिन्न मन्त्रालयका सहसचिव तथा फोकल पर्सनहरुलाई बोलाएर गरिएको छलफलपछि आम नागरिकको सुझावका लागि मन्त्रालयको वेवसाइडमा राखिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कर्मचारी सम्बन्धी महत्वपूर्ण दस्तावेजका रुपमा रहेको संघीय निजामती सेवा ऐनलाई जतिसक्दो चाँडो अन्तिम रुप दिने तयारी रहेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिएका छन् ।

परिवर्तित सन्दर्भमा उठेका सबै समस्याहरुलाई सम्बोधन गर्न सक्नेगरी ब्यापक छलफलसहित अघि बढाउनु पर्छ भन्ने आवाज उठिरहेकोले छिटो संगसंगै क्वालिटीको डकुमेन्ट पनि बनाउनु पर्ने भएकोले सबै क्षेत्रको सुझावसहित जतिसक्दो चाँडो यसलाई पुर्णता दिनेतर्फ मन्त्रालय लागि पर्ने प्रवक्ता न्यौपानेले बताएका छन् ।

अबको निजामती सेवा ऐनलाई कर्मचारीको सेवा, सुविधालाई मात्रै ध्यानमा राखेर भन्दा पनि परिवर्तित सन्दर्भमा निजामती कर्मचारीले सार्वजनिक सेवा प्रवाहमा निर्वाह गर्नुपर्ने भूमिकाका लागि आम नागरिकको सुझाव समेत महत्वपूर्ण रहने न्यौपानेले बताए ।

 

हेर्नुहोस् निजामती सेवा ऐनको मस्यौदा

Tags :
प्रतिक्रिया दिनुहोस