२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी भयो संसदमा विधेयकमा बार्गेनिङ

अ+ अ-

काठमाडौं । संसद् भवनमा सोमबार विधेयकहरूमाथि छलफल चलिरहँदा बाहिर युवाको एक समूह विरोधमा उत्रिएको थियो भने डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा अनशनको तयारीमा जुट्दै थिए।

संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची हटे उनी अनशन नबस्ने सोचमा थिए। सोमबारका लागि अघिल्लै दिन सार्वजनिक गरिएको संसदको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि छलफल र पारित गर्ने कार्यसूची थिएन। तर सोमबार बिहान ११ बजे सार्वजनिक कार्यसूचीका १६ औं नम्बरमा उक्त विधेयकमाथि छलफल गर्ने र पारित गर्ने प्रस्ताव पनि थपियो।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले छलफल र प्रस्ताव पेश गर्ने भनिएको विधेयकलाई कार्यसूचीमा थपिएपछि केही चिकित्सक बानेश्वर हान्निए भने केही डा.केसी अनशन बस्ने ठाउँको तयारीमा जुटेका थिए।

विधेयकको विरोधमा उत्रिएका चिकित्सक र डा. केसीका समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लियो। १२ बजे केसीले १२ औं पटकको अनशन सुरु गरे।

सोमबार मध्याह्न्न संसद्को बैठक १५ मिनेटका लागि स्थगन हुँदासम्म डा। केसी अनशन बसिरहेका थिए। संसदले १ बजेर ३५ मिनेटमा सार्वजनिक गरेको दोस्रो बैठकको कार्यसूचीको ५ नम्बरमा फेरि चिकित्सा विधेयकमाथि छलफल र पारित गर्ने प्रस्ताव समावेश थियो।

बिहानको कार्यसूचीमा स्वास्थ्यमन्त्री पोखरेलले पेश गर्ने भनिएको उक्त विधेयक दोस्रो कार्यसूचीमा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पेश गर्ने उल्लेख थियो। तर बैठकमा मन्त्री श्रेष्ठ अनुपस्थित थिए। आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments