२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसी आमरण अनसनमा

अ+ अ-

काठमाडौं । प्रा. डा. गोविन्द केसी आमरण अनसनमा बसेका छन् ।व्यवस्थापिका–संसदमा विचाराधीन अवस्थामा रहेको चिकित्सा शिक्षा विधेयक आजै पेश गरेर फाष्ट ट्रयाकमा पारित गर्ने तयारी गरिएको भन्दै डा. गोविन्द केसी १२ औं पटक आमरण अनशनमा बसेका छन् ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन पारित गर्ने अन्तिम प्रयास भइरहेकोले सत्याग्रह शुरु गरेको डा. केसीले बताएका छन् ।

माथेमा प्रतिवेदनअनुसार र आफूहरुले दिएको सुझावलाई पूर्णतः बेवास्ता गर्दै माफियामुखी ऐन तयार पारिएको केसीको भनाइ छ ।

केसीले अनशन सुरू गर्नुअघि जारी गरेको विज्ञप्ति

 

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पारदर्शिता र सुशासनका लागि हामी लामो अभियानमा रहँदै आएका छौं । साथै सरकारले बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन गर्नुको सट्टा त्यस विपरीतका कामहरु गरेर सीमित व्यवसायी र माफियाहरुको स्वार्थमा काम गरिरहेको कुरा विदितै छ ।

त्यही क्रममा संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्न हाल अन्तिम प्रयास भइरहेको छ । त्यसका लागि तीनै प्रमुख दलहरुबीच अहिल साँठगाँठ भइरहेको छ । त्यसले गर्दा मेडिकल शिक्षामा माफियातन्त्र सदाका लागि संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेका उपलब्धिहरु समेत उल्टिने कुरा प्रष्टै छ । त्यसरी गुपचुप रुपमा माफियाहरुको स्वार्थ अनुसार ऐन पारित गर्दै तीन चौथाइ विपन्न तथा ग्रामीण क्षेत्रका मानिसहरु स्वास्थ्य सेवाबाट वञ्चित गर्ने र निम्न तथा मध्यम वर्गका विद्यार्थीहरु चिकित्सक बन्नबाट वञ्चित गर्ने प्रयास भइरहेको छ ।

मेडिकल माफियासितकै मिलेमतोमा अहिले पनि प्रमुख दलहरु देशभर सरकारी मेडिकल कलेज खोल्ने काममा बाधक बनिरहेका छन् । सेवाका रुपमा हुनुपर्ने मेडिकल शिक्षालाई राजनीतिज्ञहरुले भ्रष्टाचार गरेर कमाएको अरबौं कालो धनलाई सेतो बनाउने र थप अकुत धन कमाउने माध्यम बनाउने त्यस्तो प्रयास हामीलाई किमार्थ स्वीकार्य छैन ।

अर्कोतिर मेडिकल माफियाको इशारामा काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले सरकारले तोकेकोभन्दा दशौं लाख बढी शुल्क निर्धारण गरेर अर्बौं रुपैयाँको चलखेल गरिरहेका छन् ।

साथै भ्रष्टाचार र माफियातन्त्रका कारण भयावह बनेको देशको अवस्था पछिल्लो समयमा झनै बिग्रेको छ । त्यसमा सुधार ल्याउने जिम्मा बोकेका प्रमुख राजनैतिक दलहरु दण्डहीनतालाई झनै संगठित बनाउन गिरोहकै रुपमा लागी परेका छन् । देशमा सबै खाले भ्रष्टाचारलाई अनुसन्धान गरेर भ्रष्टहरुलाई कारवाही गर्ने जिम्मा बोकेको संवैधानिक निकाय अदुअआ त्यस्तो दण्डहीनता र अराजकताको किनाराको साक्षी बनेको छ । न्याय सम्पादनका आधारभुत मान्यतासमेत मिचेर भ्रष्टाचारलाई प्रोत्साहित गर्ने र तल्लो तहको न्यायालयमा चलिरहेको मुद्दा कमजोर हुने गरी दुर्भाग्यपूर्ण फैसला दिने काममा देशको सर्वोच्च अदालत नै संलग्न भएको विडम्बनापूर्ण अवस्थामा हामी छौं । जवाफदेहि शासनको अर्को कडी मानिएका संसदीय समितिहरु पचासौं अर्ब कर छली र अर्बौं भ्रष्टाचारका विषयहरुमा दोषीहरुलाई दण्डित गर्नुको सट्टा आफैं कर छल्ने र भ्रष्टाचार गर्नेहरुसँग मिलेर तिनलाई उल्टै पुरस्कृत गरिरहेका छन् भने संसदीय समितिमा रहेका सांसदहरुको व्यक्तिगत हितका लागि कानुन बनाउने जस्तो निकृष्ट काम सामान्य भइसकेको छ । संसद, अख्तियार र न्यायालयले भ्रष्टाचार नियन्त्रणमा एक अर्काको पूरकका रुपमा काम गर्नु पर्नेमा भ्रष्टरुलाई उन्मुक्ति दिनमा एक अर्कासँग प्रतिस्पर्धा गर्ने अवस्था छ ।

फलस्वरुप पहुँच र अकुत रकम हुने भ्रष्टहरुले बीसौं अर्ब भ्रष्टाचार गरे पनि उन्मुक्ति पाउने अवस्था सिर्जना भएको छ । र राजनीतिज्ञहरुलाई प्रभावित पारेर राज्य सञ्चालनमा उनीहरुले नै हालीमुहाली गरिरहेका छन् । आर्थिक अपराध र भ्रष्टाचारमा खुलेआम मुछिएका व्यक्तिहरु विभिन्न पार्टीरुका तर्फबाट सदावहार मन्त्री बन्ने, इमान्दार कर्मचारीहरुलाई दण्डित गरेर भ्रष्टतम व्यक्तिहरुसित साँठगाँठ गरेर राज्यकोष दोहन गर्ने गरिरहेका छन् । राज्यका सबै जसो संवेदनशील सार्वजनिक पदहरु सत्तामा हुने दलहरुले लिलाम बढाबढ गरेर अधिकतम घुस ख्वाउन सक्ने व्यक्तिहरुलाई दिने थिति बसिसकेको छ । यसले गर्दा इमान्दार व्यक्तिहरु सधैंभर दण्डित हुने र भ्रष्ट र अपराधीहरु शासन सत्तामा हावी भइरहेका छन् ।

चिकित्सा शिक्षा ऐनलाई विकृत रुपमा ल्याउन भइरहेको प्रयास तथा देशमा चौतर्फी बढेको भ्रष्टाचार र दण्डहीनताको पृष्ठभुमिमा हामी निस्क्रिय रहेका खण्डमा हुन जाने दीर्घकालीन क्षति रोक्नका लागि यही असोज २० गतेदेखि सत्याग्रहसहित संघर्षका कार्यक्रमहरु शुरु गर्ने घोषणा गरेका थियौं । यसबीच हाम्रो मागअनुसार ऐन जारी गर्नको सट्टा चिकित्सा शिक्षा ऐनमा माफियाहरुको स्वार्थलाई प्राथमिकता दिइएकाले त्यसलाई रोक्नका लागि आजै बिहान ११ बजेदेखि सत्याग्रह शुरु गरेको घोषणा गर्दछु ।

साथै राज्यको कार्यकारी मात्र नभई अदुअआजस्ता संवैधानिक निकाय, संसदीय समितिहरु र न्यायालयले समेत सक्रिय वा निस्क्रिय रुपमा भ्रष्टाचार र दण्डहीनतालाई प्रश्रय दिइरहेको तथ्य हामीले मिहिन रुपमा अवलोकन गरिरहेको कुरा पनि जानकारी गराउँछौं । साथै देशको जो कोही पनि जवाफदेहिताभन्दा माथि नहुने संवैधानिका व्यवस्था भएका कारण यही अवस्था रहेमा कुनै पनि बेला तीमध्ये कुनै पनि निकायका गलत काम र प्रवृत्तिविरुद्ध यसपछाडि समेत कडाभन्दा कडा कदम चाल्न नागरिकका रुपमा हामी बाध्य हुने पनि जानकारी गराउँछौं ।

सत्याग्रहका मागहरु

१० माथेमा प्रतिवेदन तथा हाम्रा सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।

२० मेडिकल माफियासितको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकबमोजिम एमबीबीएसका लागि रु ३८,५०,००० ९काठमाडौं उपत्यकाभित्र०, रु ४२,४५,०००९उपत्यकाबाहिर० तथा बीडीएसका लागि रु १९,३२,६१२ कायम गरियोस् । माफियासित मिलेमतो गरेर अरबौंको चलखेल गर्ने डिन राजेन्द्र कोजुलाई तत्काल बर्खास्त गरियोस् । त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा स्नातकोत्तरको शुल्क रु २२,५०,००० कायम गरियोस् । अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गरियोस् । आइओएमबाट त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल फिर्ता गरियोस् ।

३० बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानविन गरेर उनले हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्दै कारवाही गरियोस् । सोही भ्रष्टाचार काण्डमा उनीसित मिलेर भ्रष्टाचार गर्ने सबै तहका अन्य सबै व्यक्तिहरु तथा भ्रष्टाचार गरेको पुष्टि भएर पनि कारवाहीमा नपरेका अन्य सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुमाथि समेत तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गरियोस् ।

४० कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरियोस् । कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं
२०७४।६।९

0 Comments