२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शीर्ष नेताकै जिल्लामा कांग्रेस कमजोर

अ+ अ-

काठमाडौं । प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा शीर्ष नेताहरू रहेको जिल्लामा कांग्रेस कमजोर बन्न पुगेको छ ।

मतपरिणामअनुसार धनुषा, सिरहा, बारामा कांग्रेसले अनुमान गरेजति स्थानीय तहमा जित हासिल गर्न सकेन । धनुषाको जनकपुर उपमहानगरपालिकामा कांग्रेस उम्मेदवार साढे १० हजार मतले पराजित हुन पुगे ।

धनुषा कांग्रेस नेता विमलेन्द्र निधिको गृहजिल्ला हो । उनी टिकट वितरणमा हावी भएको नेताहरूको आरोप छ । आठ जिल्लाकै कांग्रेस सभापति निधि पक्षका हुन् । जसका कारण उनले आफूनिकटका नेतालाई टिकट दिए । तर, कांग्रेसको परम्परागत गढ मानिएको जनकपुरमै कांग्रेस भारी मतले पराजित हुन पुग्यो ।

०४९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट उपमेयरको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर उपमेयर बनेका लालकिशोर साहले यसपटक मेयरमा बाजी मारे । राजपाबाट उनले २१ हजार दुई सय ७७ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार साहले १० हजार ६ सय ३९ मत ल्याउन सके । धनुषा जिल्लामा निधि, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादवजस्ता चर्चित नेता छन् ।

यस्तै, बारामा पनि कांग्रेस कमजोर बन्न पुगेको छ । फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, राधेचन्द्र यादव, शोभाकर पराजुलीजस्ता नेता भए पनि १६ मध्ये चारवटा तहमा मात्रै जित्यो । जितपुर–सिमरा उपमहानगरपालिकामा कांग्रेस पराजित हुन पुग्यो । निर्वाचनको मुखसम्मै माओवादीसँग चुनावी तालमेल गर्ने प्रचार कांग्रेसबाटै भए पनि जम्मा दुईवटा तहमा घोषित तालमेल भयो । तालमेल भएकामध्ये बाराको निजगढ नगरपालिकामा मात्रै कांग्रेस उम्मेदवार विजयी भए । आजको नयाँ पत्रिकामा खबर छ ।

0 Comments