नेपाल भित्रियो कालो कोकिन « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल भित्रियो कालो कोकिन


९ आश्विन २०७४, सोमबार


काठमाडौं । सन् १९९८ मा पहिलोपटक दक्षिण अमेरिकी देश कोलम्बियामा पहिलोपटक कालो कोकिन बरामद भएको थियो । त्यसको १९ वर्षपछि नेपालमा समेत कालो कोकिन भेटिएको छ ।

नेपालमा पनि दक्षिण अमेरिकी देशकै लागुऔषध तस्करहरूले ओसारपसार गरेको कालो कोकिन भेटिएको हो । नेपाललाई ट्रान्जिट बढाएर कोकिनको ओसारपसारमा संलग्न नाइजेरियन समूहले कालो कोकिनको कारोबार गर्न थालेको प्रहरीले जनाएको छ ।

शनिबार प्रहरीले कालो रंगको दुई किलो सात सय ग्राम कोकिनसहित बोलिभियन पुरुष र भारतीय महिलालाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले बोलिभियाका अधेमार एनेज्लोपेज र भारतीय महिला कमार जहानलाई पक्राउ गरेको हो । बोलिभियन कोकिन लिएर बोलिभियाबाट नेपाल आएको र कहार उक्त कोकिन लिन काठमाडौं आएको एनसिबीका प्रमुख डिआइजी ठुले राईले बताए ।

दुवैजना थोरै पैसा लिएर बहाकको रूपमा काम गर्ने व्यक्तिहरू भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीहरूबाट बरामद कोकिन कालो भएपछि प्रहरी अधिकारीहरू सुरुमा अन्योलमा परेका थिए । सामान्यतया कोकिन कालो हुँदैन । यअसघि नेपालमा कहिल्यै यस्तो कोकिन भेटिएको थिएन । अनुसन्धान गर्ने क्रममा विश्व बजारमा नै अन्य पदार्थ मिसाएर कोकिनलाई कालो बनाएर ओसरपसार गर्न थालेको खुलेको हो । डिआइजी राई भन्छन्, ‘सुरक्षा जाँचमा प्रहरीलाई झुक्याउन नै उनीहरूले कोकिनलाई कालो बनाउन थालेको हुनुपर्छ ।’ स्क्रिनिङमा नदेखिने र प्रहरीले सुँघेर पत्ता नलगाउने गरी कोकिनमा विभिन्न पदार्थ मिसाएर कालो बनाउने गरिएको छ । सन् २००८ मा फ्रान्स प्रहरीले नयाँ प्रकारको कालो कोकिन बरामद गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस