समायोजन नचाहे ‘गोल्डेन ह्यान्डसेक’ « प्रशासन
Logo १३ असार २०७९, सोमबार
   

समायोजन नचाहे ‘गोल्डेन ह्यान्डसेक’


९ आश्विन २०७४, सोमबार


काठमाडौं । संघ, प्रदेश र स्थानीय तहको सेवामा समायोजित हुन नचाहने कर्मचारीले गोल्डेन ह्याण्डसेक को अवसर पाउने भएका छन् ।

संसदको राज्यव्यवस्था समितिबाटठ पारित कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक मा ५० वर्ष उमेर पुरा भएको र निवृत्तिभरण पाउने अवस्थाका (२० वर्ष सेवा अवधि पुरा गरेको) कर्मचारीलाई सात वर्षको निवउत्तिभरण एकमुष्ट दिने व्यवस्था गरिएको छ । जसअनुसार २०४९ कात्तिक २१ अघि निजामती सेवा प्रवेश गरेकाहरुको ६० वर्ष उमेर ननाघ्ने गरी सात वर्षको सेवा अवधि थप हुने छ । सेवा अवधि बढीमा सात वर्ष थपिने भएपनि अवकाशमा जाने सबै कर्मचारीले एकमुष्ट सात वर्षको निवृत्तिभरण पाउनेछन् । उक्त सुविधा पाउने कर्मचारीले सातवर्षे अवधिपछि पनि नियमित (मासिक) निवृत्तिभरण पाउनेछन् ।

गोल्डेन ह्यान्सेक को व्यवस्थाले नवगठित प्रदेश सेवा र स्थानीय सेवामा युवा जनशक्ति भर्तीका अवसर सिर्जना गर्न सहयोग पुग्ने छ । संसदको पूर्ण बैठकबाट पारित गरी घोषणा गर्न मात्रै बाँकी रहेको विधेयकमा प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई संघीय निजामती सेवामा बढुवा तथा वृत्तिविकासका अन्य अवसर प्रदान गर्ने ग्यारेन्टीसमेत गरिएको छ । तर समायोजित स्थान(प्रदेश वा स्थानीय तह) मा गइ एक पटक बढुा भइसकेपछि भने संघीय सेवामा बढुवा वा सरुवा हुन पाउने छैनन् । विधेयकमा प्रदेश लोकसेवा आयोग गठन नभएसम्म प्रदेश वा स्थानीय तहको स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले परीक्षा लिने व्यवस्था प्रस्तावित छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस