२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईमान्दार, दक्ष तथा कुशल शान्ति सैनिकको रुपमा कार्य सम्पादन गरेर देखाउन प्रधानसेनापतीको निर्देशन

अ+ अ-

काठमाडौं । प्रधानसेनापती रोजेन्द्र क्षत्रीले ईमान्दार, दक्ष तथा कुशल शान्ति सैनिकको रुपमा कार्य सम्पादन गरेर देखाउन निर्देशन दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ हुन जाने सैनिकका लागि काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत तालिमको अन्तिम निरीक्षणका क्रममा प्रधानसेनापति क्षत्रीले सो कुरा बताएका हुन् ।

क्षत्रीले कार्य क्षेत्रमा अनुशासित, ईमान्दार र कर्तव्यनिष्ठ भई दिएको जिम्मेवारी बहन गरी मिशनको उद्देश्य पूरा गर्न समर्पित भएर लाग्न तथा संयुक्त राष्ट्र सङ्घको नेपाल तथा नेपाली सेनाप्रतिको विश्वसनीयतामा थप अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्दै ईमान्दार, दक्ष तथा कुशल शान्ति सैनिकको रुपमा कार्य सम्पादन गरेर देखाउन निर्देशन दिए।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले संयुक्त राष्ट्रसङ्घीय विभिन्न मिशनमा नेपाली सेनाले विगत ५९ वर्षदेखि प्रदर्शन गरेको उच्चस्तरको अनुशासन, बफादारिता, कार्यदक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धतालाई कदर गर्दै संयुक्त राष्ट्रसङ्घले नेपाललाई हाल एक अति विश्वसनीय र शान्ति स्थापनामा विषेश भूमिका निर्वाह गर्ने देशका रुपमा लिएको बताए ।

उक्त अवसरमा प्रधानसेनापति क्षेत्रीले मिशनमा भाग लिन जाने शान्ति सैनिकलाई नेपाली सेनाका परमसेनाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा नेपाली सेनाका रथी, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो । उक्त तालिममा मिशनमा भाग लिन जाने बरख गण ५९औं डफ्फा तथा युएनडिओएफ मिशन, सिरियामा तैनाथ हुन जाने फोर्स हेड क्वाटर सपोर्ट युनिट छैठौँं डफ्फा तथा ईञ्जिनियर दोस्रोे डफ्फाको सहभागिता रहेको थियो ।

नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको छ । हालसम्म एक लाख १७ हजार २२९ नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसङ्घअन्तर्गत विभिन्न ४२ वटा मिशनमा आफ्नो अमूल्य योगदान गरिसकेका छन् ।

यस क्रममा हालसम्म ६३ शान्ति सैनिकले विश्व शान्तिको लागि आफ्नो ज्यान समर्पण गरेका छन् भने ६३ जना शान्ति मिशनमा खट्टिदा घाईते भएका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ सेना खटाउने राष्ट्र मध्ये छैटौं ठूलो मुलुक हो ।

0 Comments