२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीको नाममा हुने मानव तस्करीलाई रोक्नु आवश्यक

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीलाई नियन्त्रण गर्न विद्यमान कानूनमा कमजोरी देखिएकाले ती कानूनमा संशोधनको आवश्यकता रहेकोमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय सञ्जालसँगको सहकार्यमा आज आयोजना गरेको ‘वैदेशिक रोजगार तथा बेचबिखनसम्बन्धी कानूनको परिमार्जन सन्दर्भमा श्रमका लागि हुने बेचबिखनका सरोकारहरु’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताले ऐन संशोधनका क्रममा पीडकले उन्मुक्ति पाउने बुँदाहरु नपरून् भन्नेमा सजग हुन आवश्यक रहेको बताए ।

अहिले ‘वैदेशिक रोजगार ऐन’ र ‘मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ऐन’ परिमार्जनका क्रममा रहेकाले वैदेशिक रोजगार र बेचबिखनको स्पष्ट परिभाषा गरी सोही अनुसारको सजाय र व्यवहारको आवश्यकता रहेको उनीहरुले औँल्याए ।

उनीहरुले वैदेशिक रोजगारीका क्रममा हुने बेचबिखनको घटनामा बेचबिखन ऐनअन्तर्गत कारबाही नभई वैदेशिक रोजगार ऐनअन्तर्गत कारबाही हुँदा दोषीले छुट पाउने गरेको बताए ।

पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेलले वेश्यावृत्तिका लागि हुने बेचबिखनलाई मात्रै बेचबिखनको परिभाषाभित्र समेट्दा श्रमका लागि भएको बेचबिखनमा ध्यान पुग्न नसकेको भन्दै ऐन संशोधनका क्रममा त्यसलाई समेट्नुपर्ने बताए ।

सञ्जालका अध्यक्ष भारती सिलवाल गिरीले वैदेशिक रोजगारीका क्रममा एउटा काम र तलबमा भनी अर्को काम र तलब दिने कार्य पनि बेचबिखन नै भएको भन्दै यसलाई ऐनमा समावेश गर्नुपर्ने सुझाव दिए ।

पिपुल फोरमअन्तर्गत आप्रवासी कामदारको न्यायमा पहुँच प्रबद्र्धन परियोजनाका प्रमुख सुदीप देवकोटाले ‘वैदेशिक रोजगार ऐन’ र ‘मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ऐन’ परिमार्जनका क्रममा दुवै ऐनका कुरा आपसमा गाभिने भएकाले सरोकारका कुनै विषय नछुटुन् भन्नेमा बृहत् छलफल आवश्यक रहेकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए ।

श्रम तथा रोजगार मन्त्रालयका कानुन शाखाका उपसचिव अर्जुन खनालले वैदेशिक रोजगार ऐन संशोधन अन्तिम चरणमा रहेको र अधिकांश बुँदामा सहमति जुटिसकेको जानकारी दिए ।

0 Comments