मिथिला नगरपालिकामा एमाले विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मिथिला नगरपालिकामा एमाले विजयी


७ आश्विन २०७४, शनिबार


महेन्द्रनगर । मिथिला नगरपालिकामा नेकपा एमालेका उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् ।

नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी भएका छन् । उनले छ हजार ७४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याएका छन् ।

त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी भएकी छन् । उनले छ हजार ६६५ र उनकी निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस