कर्मचारी विधेयक अन्तिम चरणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी विधेयक अन्तिम चरणमा


७ आश्विन २०७४, शनिबार


काठमाडौं । हाल निजामती सेवामा कार्यरत ८६ हजार कर्मचारीलाई संघीय ढाँचाअनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने उद्देश्यसाथ तयार पारिएको बहुप्रतिक्षित कर्मचारी समायोजन विधेयक स्वीकृतिको अन्तिम चरणमा पुगेको छ ।

संसदको राज्यव्यवस्था समितिको उपसमितिले शुक्रबार उक्त विधेयकलाई संशोधनसहित पारित गरेपछि विधेयक स्वीकृतिको अन्तिम अवस्थामा पुगेको हो । पूर्वसामान्य प्रशासनमन्त्रीसमेत गहेकी उपसमिति संयोजक रेखा शर्माको अध्यक्षतामा क्रुत्रबार बिहान बसेको बैठकले सो विधेयक स्वीकृत गर्दै राज्यव्यवस्था समिति र संसदमा पेस गर्ने निर्णय गरेको थियो ।

सामान्य प्रशासन मन्त्तालयले केही महिनाघि विधेयक संसदमा पेस गरेको थियो । लामो समयको गृहकार्य र छलफलपछि विधेयक स्वीकृतिक्रममा पुगेको समान्य प्रशासनका सहसचिव प्रकाश दाहालले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस