कर्मचारी समायोजनमा खुकुलो व्यवस्था प्रस्तावित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी समायोजनमा खुकुलो व्यवस्था प्रस्तावित


७ आश्विन २०७४, शनिबार


काठमाडौं । व्यवस्थापिका संसदअन्तर्गतको एक उपसमितिले कर्मचारी समायोजन ऐन थप खुकुलो बनाउन बिधेयक संशोधन प्रतिवेदन तयार पारेको छ । यसअघि सरकारले स्वीकृत गरेको विधेयकमा थप अध्ययन गरी सुझाब दिन संसदले राज्य व्यवस्था समितिलाई निर्देशन दिएको थियो ।

समितिले पूर्वमन्त्री रेखा शर्माको अध्यक्षतामा उपसमिति गठन गरी बिधेयक अध्ययन गरेको थियो उपसमितिले विभिन्न सुझाव समेटेर शुक्रबार समितिलाई प्रतिवेदन बुझाएको छ ।

संशोधित विधेयकमा कर्मचारीको जेष्ठतालाई समायोजनको मुख्य आधार बनाउने व्यवस्था गरिएको छ । समायोजन गर्दा कर्मचारीको स्थायी ठेगानालाई पनि ख्याल गर्ने नीति बनाइएको छ ।

विधेयकले श्रीमान/श्रीमती दुवै कर्मचारी भएमा समायोजन गर्दा सकेसम्म एकै भूगोलमा पारिने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस