२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपेक्षा र माग

अ+ अ-

हर्क बहादुर र दिलमायाँ औधी खुसी छन् अचेल । उनीहरूले सोचेकै थिएनन् कि कुनै जमानामा उनीहरूको एकलौटो छोरोले स्नातकोत्तर तहको पढाइ पूरा गर्ला । होओस् पनि कसरी ? बुढाबुढी नै मुखियाबाकहाँ गोठालो बसेकै भरमा अलिकति पाखो बारी र एउटा झुप्रो त जोडे तर शहरमा राखेर कसरी पढाउन सकुन् छोरोलाई ।

अजिंगरको आहारा दैबले पुर्याउने कुरामा विश्वास भयो हर्कबहादुरका दम्पतिलाई । एस्.एल्.सी.सम्म जसोतसो गाउँमै सकेको छोरो दिनेशले लगालगी छात्रवृत्ति पाएर प्रमाणपत्र, स्नातक हुँदै स्नातकोत्तर तह नै पास गर्यो । त्यो पनि इन्जिनियरिंगमा । झ्याप्प जागीर पनि मिलिगयो । साट्सुट्ट बिहे पनि भैहाल्यो । हिजोसम्मका गोठालो बसेको परिवार आज सम्पन्न बुहारीका सासू–ससुरा भए उनीहरू ।

स्वभाबिक हो, दिनेशसँग सबैका आ–आफ्ना अपेक्षा थिए ।

‘हाम्रो गाउँकै पहिलो इन्जिनियर, तिमीले गाउँको विकासमा सहयोग पुर्याउनु पर्छ ।’ गाउँलेहरू भन्थे ।

‘यत्रो उमेरसम्म त अरूकै खेत जोतियो । अलिकति भने पनि पानी लाग्ने जमीन किन्न पाए हुन्थ्यो बाबू !’ बेलाबेलामा छोरालाई सम्झाउँथे हर्कबहादुर ।

‘यसो ककक नाकमा कानमा र एउटा बेरूवा औंठीको रहर छ बाबू, सकिस् भने ल्या है !’ दिलमाया मौका पाएका बखत छोरालाई कोट्याइरहन्थिन् ।

दिनेश भने पुरानो बटनवाला मोबाइल बोक्दै थियो अझै पनि । शहरमा घडेरी जोड्नु, घर बनाउनु, गाडी किन्नु, आदि इत्यादि कहिले हो कहिले !

जे भए पनि यी सबै थिए कम प्राथमिकताका कुरा । सबभन्दा चोट्टे अपेक्षा र माग त उसकी श्रीमतीको पो थियो त । उनी अचेल दैनिकजसो एउटै कुरा दोहोर्याइरहन्छिन् ‘यहाँ बसेर कामै छैन भन्या दिनेश ! यसो बुझ न गतिलो कन्सल्ट्यान्सी कहाँ छ । बिदेश त जसरी पनि जानै पर्छपर्छ ।’

0 Comments