बाचौला बरू म चोट गनिगनि चित्त दुखाएर
अब कहिलै नबोल्नु तिमी पनि चित्त दुखाएर
आज धित मरुन्जे हलो जोतेरै रमाउछु
भोलि पर्देश जानुत छदैछनी चित्त दुखाएर
आँसु थाम्न सकिँदैन आमा छुट्टिने बेलामा
त्यसैले गएको हँु जान्छु नभनी चित्त दुखाएर
सिरानिमा तिम्रो तस्वीर भिज्ला भन्ने डरले
जलाए आफ्नै मुटु दनदनी चित्त दुकाएर
गन्तव्य बिहिन बने पछि कतै बास नपाए पछि
मुसाफिर हिडेको हो साधु बनी चित्त दुखाएर