सुखीपुरमा एमाले विजयी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुखीपुरमा एमाले विजयी


६ आश्विन २०७४, शुक्रबार


लहान । नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा एमालेले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी भएका हुन् । यादवले छ हजार १११ र उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका लक्ष्मण चौधरीले चार हजार १८६ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा एमालेकै साहले छ हजार ८६ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीपनारायण यादवले तीन हजार ३५४ मत ल्याएका छन् । यससँगै एमालेले सिरहाको तीन स्थानीय तहमा विजयी हासिल गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस