मटिहानीमा राजपाको जित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मटिहानीमा राजपाको जित


६ आश्विन २०७४, शुक्रबार


गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा राजपा नेपाल विजयी भएको छ ।

निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुख पदमा शिवोदेवी साह विजयी भएका छन् । प्रमुखमा हरिप्रसाद मण्डलले तीन हजार ४०३ र उपप्रमुखमा शिवोदेवी साहले तीन हजार १७० मत ल्याएका छन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा एमालेका मोजिम राइनले एक हजार ५९७ र नेपाली काँग्रेसकी जुमेदा खातुनले एक हजार ६४८ मत प्राप्त गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस