धनुषाधाम नगरपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

धनुषाधाम नगरपालिकामा काँग्रेस विजयी


६ आश्विन २०७४, शुक्रबार


जनकपुरधाम । धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा बालेश्वर मण्डल चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेल चार हजार २०७ मत प्राप्त गरी विजयी भएका हुन् ।

मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले तीन हजार ५५७ मत र भुजेलकी निकटतम प्रतिद्वन्द्वी एमालेकै अम्बिका विकले तीन हजार ७०३ मत प्राप्त गरेका जिल्ला निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस