सखुवानन्कारकट्टी गाउँपालिकाकामा एमाले विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सखुवानन्कारकट्टी गाउँपालिकाकामा एमाले विजयी


६ आश्विन २०७४, शुक्रबार


लहान । सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् ।

केदारनाथ यादव तीन हजार १५५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनारायण यादवले दुई हजार २६७ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै अमलादेवी यादवले दुई हजार ९३७ मत प्राप्त गरी विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले दुई हजार ३२८ मत प्राप्त गरिन् ।

यो सँगै एमालेले अहिलेसम्म सिरहाको दुई स्थानीय तहमा विजयी भएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस