धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी


६ आश्विन २०७४, शुक्रबार


लहान । सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

हरिनारायण चौधरी पाँच हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठले पाँच हजार ६१३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै बिमलादेवी साह सोनारले चार हजार १०२ मत प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस