धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काँग्रेस विजयी


६ आश्विन २०७४, शुक्रबार


धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । दुवै पदमा काँग्रेसले दुई हजारभन्दा बढी मतको फराकिलो अन्तरले जित हासिल गरेको छ ।

प्रमुखमा योगेन्द्र पञ्जियारले पाँच हजार ५९९ मत प्राप्त गरी विजयी विजय भएका  छन् भने उनका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका सुखदेव यादवले तीन हजार १०५ मत प्राप्त गरेका छन् । उपप्रमुख पदमा नेपाली काँग्रेसकी रचना माथेमा विजयी भएकी छिन् ।

उपप्रमुख पदमा रचना माथेमाले पाँच हजार ७०१ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यशोदा यादवले तीन हजार २८९ मत प्राप्त गरेकी छिन् ।

क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६, ८ र ९ मा काँग्रेसको प्यानल, वडा नं. २ मा एमालेको प्यानल र वडा नं. ७ मा अध्यक्षसहित चार पदमा एमाले र एक सदस्य काँग्रेस विजयी भएको छ भने वडा नं. १० मा स्वतन्त्रको पंखा छापबाट राम पदारथ यादव वडाध्यक्षमा विजयी भएका छन्

धनुषाका १८ स्थानीय तहमध्ये सात तहको परिणाम सार्वजनिक हुँदा काँग्रेस चार तहमा विजयी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस