एमाले केन्द्रीय बैठक आजदेखि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले केन्द्रीय बैठक आजदेखि


६ आश्विन २०७४, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको आठौँ केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुँदैछ ।

अहिले ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ । उनले बैठक केन्द्र र प्रदेश निर्वाचनमा केन्द्रित हुँदै दुवै निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत बनाउने बताए ।

एमाले केन्द्रीय कमिटी बैठक लामो समयदेखि शीर्ष नेताको समय अभावका कारण बस्न सकेको थिएन । रासस

Tags :
प्रतिक्रिया दिनुहोस