लोहारपट्टि नगरपालिकामा कांग्रेसको जित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोहारपट्टि नगरपालिकामा कांग्रेसको जित


६ आश्विन २०७४, शुक्रबार


काठमाडौं । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृत लेखनाथ लुइँटेलका अनुसार लोहारपट्टि नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, उपप्रमुखमा सोही पार्टीकी सरितादेवी शर्माले चार हजार ५९२ मत प्राप्त गरी विजयी भएकी छन् ।

त्यसैगरी, प्रतिद्वन्द्वीका रुपमा प्रमुखमा राजपाका अब्दुल कवारी दुई हजार ९२९ र उपप्रमुखमा राजपाकै निशा साहले तीन हजार १०३ मत प्राप्त गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस