२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला सीमाबाट छिर्दै रोहिंग्या मुस्लिम

अ+ अ-

काठमाडौं । म्यान्मारको उत्तरी राखिन क्षेत्रबाट विस्थापित रोहिंग्या मुस्लिम शरणार्थी नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेको पाइएको छ । म्यान्मार सरकारले रोहिंग्या विद्रोही तह लगाउन भन्दै सैन्य कारबाही तीव्र पारेपछि उत्तरी राखिनका मुस्लिम त्यहाँबाट छिमेकी मुलुकमा शरण खोज्दै छिरेका हुन् ।

रोहिंग्याहरू अध्यागमन नाकामा पक्राउ पर्ने डरले खुला सीमा हुँदै नेपाल छिरेको र त्यसमा पहिल्यै नेपाल छिरेका रोहिंग्याको सहयोग रहेको पाइएको छ । सीमाबाट काठमाडौं आउँदासम्म राजमार्गमा प्रभावकारी सुरक्षा जाँच नहुँदा उनीहरू राजधानीको कपनस्थित शिविरसम्म निर्वाध पुग्ने गरेका छन् । नयाँ आगन्तुकलाई नेपाल–भारत ओहोरदोहोर गरिरहने रोहिंग्याहरूले सघाउने गरेका छन् ।

कतिपय रोहिंग्या मुस्लिम राम्रोसँग नेपाली बोल्न सक्ने भएकाले पनि सीमाका सुरक्षाकर्मी झुक्किने गर्छन् । भारतमा हजारौं तथा बंगलादेशमा लाखौंको संख्यामा रोहिंग्या मुस्लिम छन् ।

कपन बालुवाखानीमा शिविर बनाएका रोहिंग्याहरूले नेपाललाई ‘सेफ जोन’ का रूपमा लिनु र सरकारले उनीहरूको आवागमनलाई गम्भीर रूपमा नलिनुले समस्या जटिल बन्दै गएको सुरक्षा अधिकारी बताउँछन् ।
सुरुदेखि यहाँ बस्दै आएका रोहिंग्या अनुकूलतामा भारत आवतजावत गरिरहेको पाइन्छ ।

मुलुकको सीमा सुरक्षाको जिम्मा, सीमाबाट हुने अवैध गतिविधि र आवागमन सशस्त्र प्रहरीले हेर्दै आएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी बाबुराम पाण्डेले रोहिंग्या मुस्मिलहरूको अवैध प्रवेशलाई रोक्न सबै बीओपी (बोर्डर आउट पोस्ट)हरूलाई निर्देशन दिइसकिएको र बोर्डरमा पेट्रोलिङसमेत बढाइएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments