साझा पार्टी प्रदेश नं. ७ मा पदाधिकारी चयन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

साझा पार्टी प्रदेश नं. ७ मा पदाधिकारी चयन


५ आश्विन २०७४, बिहिबार


कञ्चनपुर । विवेकशील साझा पार्र्टी प्रदेश नं. ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।

पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं. ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा जनकराज जोशी तथा सदस्य एवं प्रवक्तामा दानबहादुर रावललाई चयन गरेको छ ।

बैठकले सदस्य तथा सचिवालय संयोजकमा मोहनराज शर्मा, सदस्यमा हरिशप्रसाद भट्ट र रोहित चौधरीलाई चयन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस