धनगढीमा साहित्यिक कार्यक्रम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनगढीमा साहित्यिक कार्यक्रम


५ आश्विन २०७४, बिहिबार


धनगढी । धनगढीमा विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजनमा गरिएको छ । दलित साहित्य सोपानले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा तथा कलाकारले विभिन्न प्रस्तुति देखाए ।

कार्यक्रममा गायक अर्जुन वसन्तले र सन्तोष कोलीले गीत गाएका थिए । वसन्तले साहित्यकार गणेश नेपाली, तेज पुरुष र तोयनाथ भट्टका रचना प्रस्तुत गर्दा कोलीले आफ्नै रचना गाएका थिए । सुरेन्द्र संगम र रेसु बराइलीले पनि लोकदोहोरी गीतमार्फत सहभागीलाई मनोरञ्जन दिएका थिए ।

हास्य कलाकार महेश विसी र लक्ष्मण आर्यको प्रस्तुतिले सहभागी उत्साहित भएका थिए । नृत्य प्रशिक्षक रुबिन रम्तेलको कोरियोग्राफीमा नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै रमा भट्टराई जैरु, तीर्थराज भट्ट, तीर्थ भट्ट, बिएस पार्की, पदम स्मृती अवस्थी, महेश नेपाली, मन्जु बिनाडी, निराशा सनम, पुर्णिमा विष्वकर्मा, रविना शर्मा, चक्र चन्दरालगाएतले पनि प्रस्तुती पस्किए । बासुरी बादक हरि भट्ट, हार्मोनियम अर्जुन वसन्त, मादल सन्तोश कोली र गितारमा वीरबहादुर नेपाली रहेका थिए ।

गणेश नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट प्रमुख अतिथि रहेका थिए । नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष भूपालसिंह खड्का, राष्ट्रिय दलित आयोगका पूर्वमाननीय सदस्य टेकबहादुर रैका, सुदूर पशिमाञ्चल साहित्य समाजका उपाध्यक्ष तीर्थराज पाण्डेय, डोटेली समाजका सदस्य चक्र नेपाली कवि जनक रसिकलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा साहित्यकार रामलाल जोशी र धर्मसिंह बिक ‘धिरज प्रपाला’लाई सम्मान गरिको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस