२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज घटस्थापना

अ+ अ-

काठमाडौं । घटस्थापनासँगै हिन्दू धर्मावलम्बीको प्रमुख पर्व दसैँ सुरु भएको छ । लिपपोत गरेर चोखो पारिएको स्थानमा दियो, कलश, गणेश स्थापना गरी बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ । यस दिन देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरमा पनि जमरा राखिन्छ ।
जमरा दसैंको दिन प्रसादका रूपमा टीकासँगै ग्रहण गरिन्छ । असोज शुक्ल प्रतिपदाका दिन घटस्थापना गर्ने प्रचलन छ ।

दसैंलाई असत्यमाथि सत्य तथा आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिइन्छ । पुराण अनुसार त्रेतायुगमा भगवान रामले आजकै दिन देवी दुर्गाको पूजा अर्चना सुरु गरी दशमीमा रावणको वध गरेका थिए ।
दसैंमा शक्तिस्वरूपा नवदुर्गा भवानीका नौ रूपको पूजा गरिन्छ । धर्मशास्त्र अनुसार शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र वुद्धिदात्री नवदुर्गाका रूप मानिन्छन् ।

असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड हुनाले यसलाई दसैं भनिएको हो । दसैं कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाउने गरिए पनि पहिलो नौ दिनलाई नवरात्र नामकरण गरिएको छ भने दसौं दिनलाई विजयादशमी भनिन्छ । नवरात्रमा फरक फरक देवीको पूजा गरिन्छ ।

दसैं पुनर्मिलनको अवसर पनि हो । विजयादशमीमा मान्यजनबाट टीका थाप्न टाढाटाढाका मानिस पनि गाउँघर फर्कन्छन् । टीकाप्रसाद ग्रहणले बेमेल र सत्रुता अन्त्य गर्ने विश्वास छ ।

0 Comments