डलरसहित चिनियाँ महिला पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डलरसहित चिनियाँ महिला पक्राउ


५ आश्विन २०७४, बिहिबार


रसुवा । अवैधरुपमा चीन लैजान लागेको डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीया चिनियाँ महिला लि वान रहेकी छन् ।

उनको साथबाट १०० र ५० दरका ५० हजार अमेरिकी डलरसहित उनलाई रसुवागढी नाकाबाट बुधबार पक्राउ गरिएको हो ।

आज बिहान पत्रकार सम्मेलनमार्फत् प्रहरी प्रमुख थापा क्षेत्रीले विशेष सुराकीका आधारमा चिनियाँ नागरिक पक्राउ भएको जानकारी दिए ।

सो डलर ५१ लाख ३१ हजार ५०० बराबरको भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस