सरुवाले कर्मचारी आतंकित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरुवाले कर्मचारी आतंकित


५ आश्विन २०७४, बिहिबार


गुल्मी । निर्वाचन आचार संहिता जारी रहेको बेला धमाधम सरुवाका पत्र आउन थालेपछि कर्मचारी आतंकित भएका छन् ।

गृह, भूमिसुधार, सञ्चार र स्थानीय मन्त्रालयअन्तर्गतका धेरै कर्मचारी सरुवा भएका छन् । सरकारले सेवाग्राहीको बढी भीड हुने कार्यालयका काम प्रभावित भएका छन् । जनस्वास्थ्य कार्यालयले पनि कर्मचारी सरुवा गर्दाको असर बिरामीको उपचार सेवामा परेको छ ।

सामान्य प्रशासनले मालपोत कार्यालय मजुवाका नासु हरिहर गौतमलाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेपछि कार्यालय कर्मचारीविहीनजस्तै भएको छ । साविकका २८ गाविसलाई सेवा दिँदै आएको कार्यालयमा अहिले कार्यालय प्रमुख रामप्रसाद भुसाल र नासु डिल्लीराज गौतम मात्र छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस