वडाबाट सेवा पाउनै मुस्किल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वडाबाट सेवा पाउनै मुस्किल


५ आश्विन २०७४, बिहिबार


बैतडी । जिल्लाको पाटन नगरपालिका ९ का स्थानीयवासी वडा कार्यालयमा सेवा लिन जान्छन् तर सेवा नपाएर रित्तो हात घर फर्कन बाध्य छन् । वडा कार्यालयमा सचिव नहुँदा पाटन नगरपालिका वडा नं. ९ का बासिन्दालाई सास्ती भएको हो ।

‘दैनिक सेवाग्राही आउँछन् । सिफारिस्, व्यक्तिगत घटना दर्ता र अन्य प्रशासनिक, व्यक्तिगत घटना दर्ता र अन्य प्रशासनिक काम सचिव नहुँदा ठप्प भएका छन् । सेवाग्राही रित्तो हात घर फर्कन बाध्य छन्,’ पाटन नगरपालिका ९ का अध्यक्ष लोकबहादुर भण्डारीले भने, ‘वडा नं. ९ मा कतै भवन नपाएर वडा नं. ८ को खेड्पे बजारमा भाडामा लिएर कार्यालय चलाएको छु । त्यसमा पनि वडा सचिव नहुँदा धेरै काम प्रभावित भएका छन् । नागरिकलाई जनप्रतिनिधि आए पनि उस्तै सास्ती छ । मैले गर्ने काम त गरिरहेको छु तर कर्मचारीले गर्ने काम मैले कसरी गर्ने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस