२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक कारबाहीमा भारतीय हस्तक्षेप

अ+ अ-

काठमाडौं । अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ । अवैध डलरसहित पक्राउ परी अदालतको अनुमतिले थुनामा रहेका एक भारतीय नागरिकमाथिको अनुसन्धानमा प्रभाव पार्ने गरी भारतीय दूतावासले पत्राचार गरेको भेटिएपछि अदालत ‘गम्भीर’ देखिएको हो ।

अदालतले चेतावनीको भाषामा ‘आइन्दा हस्तक्षेप हुने कुनै कार्य वा पत्राचार नगर्न’ सोमबारको पूर्ण फैसलामार्फत भनेको छ । अवैध तवरले विदेशी मुद्रा ओसारपसार तथा बिक्रीमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारत वृन्दावन, मथुराका सञ्जय मिश्रविरुद्ध दायर अभियोगपत्रको फैसलामा अदालतले चेतावनीयुक्त ध्यानाकर्षणसहित लेखी पठाउने आदेश दिएको हो ।

०७१ साल जेठ ३ गते भक्तपुरको जगाती चोकबाट पक्राउ परेका मिश्र दूतावासको पत्रका आधारमा राजस्व अनुसन्धान विभागले धरौटीमा छाडेपछि फरार छन् । ‘भारतीय नागरिकले धरौटी रकम फिर्ता गराइदिन भारतीय दूतावासमा दिएको निवेदनसहितको कागज परराष्ट्र मन्त्रालयबाट आवश्यक कार्यार्थ प्राप्त भएको भनी मिति ०७१/५/९ च.नं. ८४ को गृह मन्त्रालयको पत्र मिसिल संलग्न देखिँदा प्रतिवादी पक्राउ परी अनुसन्धानकै क्रममा रहेकै अवस्थामा अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने गरी परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयको नाममा पत्राचार गरेको देखिँदा’, भक्तपुरका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सोमबार तयार गरेको पूर्ण फैसलामा लेखिएको छ, ‘आइन्दा अनुसन्धानकै क्रममा रहेको (सब जुडिस) विषयमा हस्तक्षेप हुने गरी कुनै कार्य वा पत्राचार नगर्नू, नगराउनू भनी परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयसमेतलाई जानकारीका लागि ध्यानाकर्षणसहित लेखी पठाउने ठहर्छ ।’

भक्तपुर अदालतका इजलास अधिकृत कमल महतले भारतीय दूतावासको विषयमा पनि फैसलाले बोलेको सुनाउँदै संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र हस्तक्षेपमुक्त न्यायपालिकाको पक्षमा नौलो रहेको बताए । ‘इतिहासमै नयाँ खालको फैसला छ यो । स्वतन्त्र न्यायपालिकामाथि जुनसुकै खालको हस्तक्षेप अस्वीकार्य रहेको सन्देश पुग्नेछ’, इजलास अधिकृत महतले भने ।

भारतीय नागरिक मिश्र पक्राउ पर्दा उनको झोलाबाट ट्राभलर्स चेक, ७१ हजार ९४० अमेरिकी डलर र चिनियाँ युआन ५० हजार बरामद भएको थियो । सुरुमा विभागको अनुसन्धानपछि उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा चलाएको थियो । कसैले कानुनबमोजिम घोषणा नगरी विदेशी मुद्रा बोके अवैध हुन्छ । सरकारी इजाजत नलिई विदेशी मुद्राको कारोबार कानुनतः बन्देज छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments