देवताल गाउँपालिकामा–१ मा माओवादी र पचरौता नगरपालिकामा–१ मा एमाले विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देवताल गाउँपालिकामा–१ मा माओवादी र पचरौता नगरपालिकामा–१ मा एमाले विजयी


३ आश्विन २०७४, मंगलबार


कलैया । बाराको देवताल गाउँपालिका–१ मा माओवादी केन्द्र विजयी भएको छ ।

भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार वडाध्यक्षमा पनानलाल साह ४८१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु मियाँले १८० मत प्राप्त गरेका निर्वाचन अधिकृत यमप्रसाद ढुङ्गानाले जानकारी दिए ।

त्यसैगरी पचरौता नगरपालिका–१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

नेकपा एमालेका उम्मेदवार जगतनारायणप्रसाद यादवले ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी राजपाका विनय सिंहले ६४० मत प्राप्त गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस