खड्का बर्खास्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खड्का बर्खास्त


३ आश्विन २०७४, मंगलबार


काठमाडौं । चारवर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्का ‘आर्थिक अनियमिततामा लिप्त हुँदा’ आफ्नो पदावधि नपुग्दै पदबाट बर्खास्त भएका छन् । सडक डिभिजनबाट अवकाश लिएपछि निगमको नेतृत्वमा आएका खड्काले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेका कारण सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ । खड्काका अनियमितता छरपस्ट हुँदा पनि कारबाही नगरेको भन्दै सरकारको आलोचना भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीबाट मन्त्री भएका मण्डलको ‘ट्युनिङ’ मिलेपछि खड्कालाई कारबाही सम्भव भएको हो ।

विगतका अनियमिततामा उच्च राजनीतिक नेतृत्व र दलाल शक्ति समूहको आडमा कारबाहीबाट मुक्ति पाउँदै आएका खड्का अहिले अन्ततः कारबाहीके दायरामा आएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस