श्रीमान्बाटै बेच्ने प्रयास, बिहे गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

श्रीमान्बाटै बेच्ने प्रयास, बिहे गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा


३ आश्विन २०७४, मंगलबार


काठमाडौं । बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुरमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।

कुन्ताकुमारी र छेडेदह गाउँपालिका–१ रानाका २५ वर्षीय शुकेर रोकायाबीच वैशाख २०७४ मा प्रेम विवाह भएको थियो । विवाह भएको करिब २ महिनामै उनी बिरामी परिन् । बिरामी भएपछि उनी श्रीमानसँग उपचारका लागि भारतको नयाँदिल्ली गइन् । तर अस्पताल नपुग्दै भारतमा रहेका महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।

कुन्ता र शुकेबीच गाउँमा केही दिनअघि विवाद भएको थियो । कुन्ताले उजुरी गरेपछि इलाका प्रहरी कार्यालय डोगढीमा मेलमिलाप भएको थियो ।

भारतको नयाँदिल्ली पुगेपछि श्रीमान् सुकेले उपचार गर्न अस्पतालमा नलगी टेम्पो चालकको साथ लगाएर सडकमै छाडेर भागेको कुन्ताकुमारीले बताइन् ।

टेम्पो चालकसँग श्रीमानबारे सोध्दा उसले घर गइसकेको र सबै उपचार आफैंले गरिदिने बताएको कुन्ताको भनाइ छ । उसले आफूसँगै जाऊँ भनेर हातपात गर्न खोजेपछि सडकमै कराएको र उनले बताइन् । पैसा कमइ हुने ठाउँमा लैजाने, मीठोमसिनो दिने लोभ देखाएको कुन्ताको भनाइ छ । ‘धेरै बेरसम्म कराएपछि पुलिस आए र दलालबाट मलाई फुत्काए’, उनले भनिन् ।

पुलिसलाई सबै कुरा बताएपछि आफन्तसँग सम्पर्क गराएको उनले बताइन् । पुलिस आएपछि टेम्पो चालकसमेत भागेको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस