मेची यातायातमा ९२ लाख अनियमितता « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

मेची यातायातमा ९२ लाख अनियमितता


२ आश्विन २०७४, सोमबार


काठमाडौं । यातायात व्यवस्था कार्यालय मेचीमा ९२ लाख रुपैयाँ हिनामिना भएको खुलासा भएको छ । कार्यालयका लेखा अधिकृत भगवान मट्टराईले कार्यालयमा राजस्व ९२ लाख रुपैयाँ हिनामिना गरेका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले अनुसन्धानपछि राजस्व हिनामिना भएको पुष्टि भएकाले अधिकृत भट्टराईलाई निलम्बन गरी यससम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाइएको जानकारी दिए । हिनामिना गर्ने लेखा अधिकृत भट्टराई हाल फरार छन् ।

अधिकृत भट्टराईले आव ०७३/७४ मा संकलित राजस्व ९२ लाख रुपैयाँभन्दा बढी रकम कार्यालयको बेंक खातामा जम्मा नगरी व्यक्तिगत खातामा राखेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस