‘जग्गा खरिदबारे प्रधानमन्त्रीलाई ब्रिफिङ’ « प्रशासन
Logo १४ असार २०७९, मंगलबार
   

‘जग्गा खरिदबारे प्रधानमन्त्रीलाई ब्रिफिङ’


२ आश्विन २०७४, सोमबार


काठमाडौं । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले निगमको भण्डारण क्षमता विस्तारका लागि गरिएको टेन्डर प्रक्रियाबारे तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अवगत गराएको बताएका छन् ।

विभिन्न संसदीय समितिले आफूहरूलाई जानकारी नदिई गोप्य तवरले जग्गा प्रक्रिया अघि बढाएको भन्दै आरोप लगाइरहेका बेला कार्यकारी निर्देशक खड्काले ०७३ माघ ११ गते तत्कालीन प्रधानमन्त्री, आपूर्तिमन्त्री, मन्त्रालयका सचिव, योजना आयोगका पदाधिकारी, अर्थ मन्त्रालयका अधिकारी उपस्थित भएको प्रधानमन्त्री कार्यालयमै पुगेर जग्गा खरिद प्रक्रिया (टेन्डर) बारे ‘ब्रिफिङ’ गरिएको बताए ।

‘मैले अपारदर्शी प्रक्रिया अपनाएको भए, तत्कालीन समयमा प्रधानमन्त्रीस्तर र मन्त्रालयस्तरबाट पनि सुधारका लागि सुझाव आउनुपथ्र्यो तर आएन’, खड्काले आइतबार अन्नपूर्णसित भने, ‘सबैबाट सक्दो चाँडै स्टोरेजको काम सक्नुपर्ने निर्देशन मात्रै आयो । यस्तो अवस्थामा पनि म मात्रै तारो बन्नुपर्ने भयो।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस