कानुन अभावमा निर्वाचन रोकिँदैन : कानुनमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कानुन अभावमा निर्वाचन रोकिँदैन : कानुनमन्त्री


१ आश्विन २०७४, आइतबार


पोखरा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानुनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताएका छन् ।

पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको १६ औँं वार्षिकोत्सव समारोहमा उनले संविधानको कार्यान्वयनका लागि सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्दै दृढ विश्वासका साथ आवश्यक कानुन निर्माणमा अघि बढेको बताए ।

सो अवसरमा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको पत्रकारिता विकास र समृद्धिका लागि र राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिँदै सञ्चार जगत् निराशा नभई सकारात्मक सोच र धारणा अभिवृद्धि गराउनेतर्फ उन्मुख बन्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस