कालोसूचीको कम्पनीका पक्षमा पर्यटनमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कालोसूचीको कम्पनीका पक्षमा पर्यटनमन्त्री


१ आश्विन २०७४, आइतबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्ती जितेन्द्रनारायण देवले सरकारले कालोसूचीमा राखेको कम्पनीको पक्ष लिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसँग स्पष्टीकरण साधेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पेनिस कम्पनी सान होसेलाई कालोसूचीमा राखेको सूचना गत असार २८ गते निकालेको थियो ।

मन्त्री देवले महानिर्देशक गौतमलाई सोधेको स्पष्टीकरणमा सान होसेलाई वार्ता/समन्वय गरी सहजीकरण गरेर काम लगाउनुपर्नेमा ठेक्का सम्झौता रद्द गरेर आयोजनाको लागत र समय बढाएको आरोप लागएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार कार्य चित्त नबुझेपछि प्राधिकरण सञ्चालक समितिले २०१६ डिसेम्बर २७ मा स्पेनिस कम्पनी सान होसेसँगको ठेक्का सम्झौता रद्द गरेको थियो । ठेक्का सम्झोता रद्द गरेपछि प्राधिकरणले उक्त कम्पनीबाट ‘पर्फमेन्स ग्यारेन्टी’ र अग्रिम भुक्तानी जफत गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस