२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौन अवधिका अवाञ्छित गतिविधि रोक्न राज्यवाटै चुनाव खर्च

अ+ अ-

काठमाडौं । मौन अवधि सुरु भएपछि मतदातालाई प्रभाव पार्न दल तथा उम्मेदवारले गोप्य रूपमा गर्ने गतिविधि रोक्न राज्यबाटै लगानी हुनुपर्नेमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलले जोड दिएका छन् । मौन अवधिमा दल तथा उम्मेदवारले मतदातालाई प्रभाव पार्ने सबै खाले हथकण्डा गर्ने हुँदा यस्तो प्रवृत्ति रोक्नुपर्नेमा सरकारका मन्त्री, आयोग पदाधिकारी तथा राजनीतिक दलले समान धारणा राखेका छन् ।

मन्त्रिपरिषद्का सदस्य, सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दलले ‘मौन अवधि’ मा गर्न सक्ने सम्भावित सबै प्रकारका गतिविधि रोक्न तथा यसमा संलग्न हुनेलाई दण्डित गर्न सक्ने कानुनको वकालत आयोगले गर्दै आएको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयकमै दलले प्राप्त गरेको कुल मतका आधारमा राज्यबाट निर्वाचन खर्च दिने तथा मौन अवधिको दिइने चन्दा एवं पुरस्कार दिनबाट रोक्न संसाधन राख्न चाहे पनि दलहरू नै बाधक बनेको स्रोतले बताएको छ ।राजनीतिमा कालोधनको प्रवेशलाई रोक्न स्पष्ट कानुनसमेत अपरिहार्य रहेकोमा आयोगले जोड दिएको छ ।

सोमबार हुने प्रदेश २ को निर्वाचनका लागि शुक्रबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा आयोगले चुनाव प्रचारप्रसारमा पूर्ण रोक लगाए पनि दल तथा उम्मेदवारले त्यसको दुरुपयोग गर्ने गरेको सम्बद्ध पक्षले स्विकारेको छ ।

आयोगका प्रवक्ता नवराज ढकाल मौन अवधि तथा निर्वाचनलाई विश्वासिलो बनाउन राजनीतिक दललाई चुनाव खर्च दिनुपर्ने आयोगको धारणामा कुनै परिवर्तन नआएको बताउँछन् ।दलहरूलाई निर्वाचन खर्च दिन सके बढ्दो चुनाव खर्च केही हदसम्म नियन्त्रण हुने उनको बुझाइ छ ।

उनले भने, ‘राजनीतिमा कालोधनको प्रवेशलाई रोक्नै पर्छ । यसका लागि राज्यले सोहीअनुसार कानुन र संरचना निर्माण गर्नुपर्छ । राजनीतिक दलले त्यसमा सकारात्मक भूमिका निभाउनुपर्छ ।’

लोकतान्त्रिक विधि पालना गर्ने हो भने, ‘म मतदाता हुँ, म उम्मेदवार हुँ’ भन्ने अन्तस्करणको आवाज सबैमा आउनुपर्नेमा प्र्रवक्ता ढकालले जोड दिए ।आयोग कानुनमै दलले प्राप्त गरेको मतका आधारमा चुनाव खर्च दिनुपर्ने मान्यतामा दृढ रहेको उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments