२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारको नागरिकता खारेज

अ+ अ-

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय बाराले नेकपा एमालेका तर्फबाट निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार जयराम कुवँरको नागरिकता खारेज गरेको छ। कुवँरले दोहोरो नागरिकता भेटिए पछि पछिल्लो पटक लिएको नागरिकता खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए।

कुवँरले २०६३ साल माघ २१ गते घुम्ती टोली मार्फत निजगढ नगरपालिका वडा नम्बर ४ बाट लिएको ३३३१०११/५९९ नम्बरको नागरिकता खारेज गरिएको प्रमुख जिल्ला अधिकारी मान्नधरले जानकारी दिए। कुवँरले यसअघि २०६० साल वैशाख १४ गते पहिलो पटक ईलाका प्रशासन कार्यालयबाट जयराम कुवँरको नाममा ९६७३ नम्बरको नागरिकता लिएका थिए।

आसन्न स्थानीय तहको निर्वाचनमा भदौ २१ गते कुवँरले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएपछि त्यही वडाबाट अध्यक्ष पदमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सुनील चौधरीले दावी विरोध पेश गर्ने दिन कुँवरले दोहोर नागरिकता लिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

कुँवरले किर्ते गरेर दुई पटक गरी दुई वटा छुट्टा–छुट्टै नम्बर र थर भएको नागरिकता लिएको भन्दै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चौधरीले उजुरी दिएका थिए।नागरिकताको विषयमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालय निजगढले जिल्ला प्रशासन कार्यालय बारालाई पत्राचार गरी कुँवरको नागरिकता सम्बन्धमा जानकारी मागेको थियो।

उम्मेदवारी दर्ता गर्ने क्रममा कुँवरले २०६३ साल माघ २१ गते घुम्ती टोली मार्फत निजगढ ४ बाट २०६८ वैशाख २९ गते लिएको ३३३१०११/५९९ नम्बरको नागरिकताको प्रतिलिपी पेश गरेका थिए।

निर्वाचन अधिकृतको कार्यालय निजगढका निर्वाचन अधिकृत गोविन्दराज गौलीले एमाले उम्मेदवार कुवँरलाई तपाईको नागरिकता खारेज भएको र केही भन्नु पर्ने भए निर्वाचन अधिकृतको कार्यालयमा जवाफ दिन व्यवहोराको लिखित पत्र शनिवबार दिइएको बताए।

गौलीले भने ,‘कुवँरले जुन नागरिकताको प्रतिलिपी पेश गरेर मनोनयन दर्ता गराएका थिए, त्यही नागरिकता खारेज भएको पत्र जिल्ला प्रशासन कार्यालयबाट शनिबार प्राप्त भएको हो।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments