ताली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ताली


३१ भाद्र २०७४, शनिबार


अरुको दुःखमा बजायौ ताली ।
खुसीमा ताली, आवेशमा ताली ।।
जीतमा ताली, हारमा ताली ।
बिना अर्थमा बजायौ खाली ।।

कसैको पीडामा बजायौ ताली ।
लडे नि ताली, मरे नि ताली ।।
रमिते ताली, बजाउँछौ खाली ।
बुझ्दै नबुझी बजायौ ताली ।।

जीतमा तिमी बजाउन ताली ।
कमेडी ताली बिदाइमा ताली ।।
भाषणमा तिम्रो चाकडी ताली ।
चाकडी ताली किन बज्छ खाली ।।

घाटामा ताली, नाफामा ताली ।
सानाले राम्रो बोले नि खाली ।।
बेफ्वाँकमा ताली किन बज्छ खाली ?
पहिचान गरी बजाउन ताली ।।

प्रतिक्रिया दिनुहोस