गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


३१ भाद्र २०७४, शनिबार


लजाउँदै छिडीबाट लुसुक्क त्यो जून आयो ।
गगनबाट ओर्लिएर आज मलाई छुन आयो ।

आतंकको आभासले लुके म त नेपथ्यमा,
तर पदचापमा आहा ! शान्त मिठो धून आयो ।

आत्मीयताको अनुभूति अनौठो नै हुदोरहेछ,
सुम्सुम्यायो उसले जब मलाई यसै रून आयो ।

कतै मिठो भ्रम हो कि, न छु म नै निदरीमा,
पराइ नै साखुल्य भई कि त प्यारो हुन आयो ?

सावधान ! कसैको नि विश्वास गरीहाल्नु हुन्न,
एकान्तमा छ्ल्न फेरि जूनको भेषमा कुन आयो ?

Tags :
प्रतिक्रिया दिनुहोस