शर्माले फेरि सरकारसँग मागे ४० करोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शर्माले फेरि सरकारसँग मागे ४० करोड


३१ भाद्र २०७४, शनिबार


काठमाडौं । साझा प्रकाशनका विवादित अध्यक्ष डोलिन्द्रप्रसाद शर्मासहित सञ्चालक समितिका केही सदस्यले शिक्षा मन्त्रालयसँग ४० करोड रूपैयाँ माग गरेका छन् ।

अध्यक्ष शर्मा तथा मनोनीत सदस्य एवं पूर्वशिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दिनानाथ शर्माले दसैंपहिले नै उक्त रकम उपलब्ध गराउन दबाब दिएको खुलेको छ ।

‘उनीहरू हालै मन्त्रालयमा आएर अवकाशप्राप्त कर्मचारीलाई दिनुपर्ने भन्दै ४० करोड रूपैयाँ माग गरेका थिए,’ शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले भने, ‘साझाको विवाद नटुंगिएसम्म एक पैसा पनि उपलब्ध गराउन सकिँदैन भनेर जबाफ दिएँ । उपप्रधानमन्त्री श्रेष्ठले अध्यक्ष शर्मालाई कारबाही तयारी भइरहेको समेत जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस