२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब देश प्रदेश र केन्द्रको निर्वाचन तयारीमा

अ+ अ-

काठमाडौं । कांग्रेसले प्रदेश नं. २ को स्थानीय निर्वाचन सकिएलगत्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी थाल्ने भएको छ । ‘प्रधानमन्त्रीसहित शीर्ष नेतृत्व प्रदेश नं. २ मा व्यस्त हुनुहुन्छ । शनिबारसम्म सबै नेताहरू फर्किएपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमै ध्यान केन्द्रित हुन्छ,’ केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘नेताहरू फर्किएपछि आराम नगरी १० र २१ मंसिरको चुनावी तयारीमा लाग्नुहुन्छ ।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय समिति बैठक बसेर घोषणापत्र तयारी र प्रचारप्रसार समिति बनाउने तथा संसदीय बोर्ड गठन गर्ने तयारी कांग्रेसको छ । ‘हामीले उम्मेदवारको टुंगो लगाउने संसदीय बोर्ड गठन गरेर समयमै टिकट टुंग्याउन सकेनौँ भने फेरि पनि निर्वाचनको परिणाममा असर गर्छ । समयमै टिकट दिनुपर्छ । यसका लागि पार्टीभित्र वैधानिक संरचनालाई छिटो पूर्णता दिनुपर्ने छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने ।

कांग्रेसमा पदाधिकारी ६ जना, केन्द्रीय समितिले मनोनीत गर्ने आठजना र संसदीय दलको नेता पदेन सदस्य हुने गरी संसदीय बोर्ड गठन गर्ने व्यवस्था छ ।

एमालेले आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले दुवै निर्वाचन तयारी भइसकेको जनाउँँदै असोज पहिलो साताबाट थप कामलाई तीव्रता दिइने बताए ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन तयारीबारे छलफल गर्न एमालेले ६, ७ र ८ असोजमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले उम्मेदवार चयन, घोषणापत्रको मस्यौदा, पार्टीले अघि सार्ने एजेन्डालगायत समग्र विषयमा छलफल गर्ने एमालेले जनाएको छ । ‘दुवै संसद्को निर्वाचनलाई समग्र मार्गदर्शन गर्ने गरी बैठकमा छलफल हुनेछ,’ केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने, ‘बैठकपछि तयारीका सबै काम तीव्र ढंगले अघि बढ्नेछन् ।’

माओवादी केन्द्रमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारका आकांक्षीको जिल्लास्तरबाट सिफारिस आउन थालेको छ । जिल्लाबाट प्रदेश कमिटी हुँदै केन्द्रमा धमाधम सिफारिस आउन थालेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘हामी अहिले प्रदेश नं. २ को स्थानीय निर्वाचनमा केन्द्रित छौँ,’ उनले भनिन्, ‘२ असोजमा निर्वाचन सकिएलगत्तै संघ र प्रदेश निर्वाचनमा लाग्नेछौँ ।’ उम्मेदवारको सिफारिससँगै अहिले घोषणापत्र तयार गर्ने काम भइरहेको उनको भनाइ छ ।

आगामी निर्वाचनमा माओवादीले दोस्रो जनआन्दोलन पक्षधरतासँग मात्र तालमेल गर्ने निर्णय गरेको छ । संघीयताविरोधी जनमोर्चा र राप्रपासँग तालमेल नहुने, कांग्रेससँग आवश्यकताअनुसार संघ र प्रदेश निर्वाचनमा तालमेल हुने भुसालले जानकारी दिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments