२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यव्यवस्था समितिमा अड्कियो चिकित्सा विधेयक

अ+ अ-

काठमाडौं । डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै भदौ पहिलो साता हतार-हतार संसद्मा पेस गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यव्यवस्था परामर्श समितिमा अड्किएको छ । माथेमा प्रतिवेदनको सुझाव र डा. केसीसँग सरकारले गरेको सम्झौताविपरीत विधेयक अगाडि बढाइएको दाबीसहित कांग्रेस र साना दलका सांसदले विरोध जनाएपछि विधेयक अनुमोदन प्रक्रिया अवरुद्ध भएको हो । महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले भदौ पहिलो साता पेस गरेको विधेयकमा तोडमोड गरिएको आरोप कांगे्रसका १० र साना दलका एक सांसदले लगाएका छन् । उक्त विधेयक तत्काल फिर्ता गरी पुनः छलफल गर्नुपर्ने माग गर्दै उनीहरूले कार्यव्यवस्था समितिमा लिखित निवेदन नै दिएका छन् ।

विधेयक पेस गरेको समितिकै सदस्यबाट विरोध भएपछि संसद्को कार्यसूचीमा प्रस्तुत गर्न नसकिएको सभामुख ओनसरी घर्तीमगरका प्रेस संयोजक बविन शर्माले बताए । ‘विधेयक पेस गर्ने समितिभित्रै विवाद उत्पन्न भयो । विवाद सुल्झाउन सभामुखज्यूले पटक–पटक समितिका सभापतिलाई बोलाएर पनि आग्रह गर्नुभयो तर काम हुन नसकेपछि आफैँ छलफलका लागि अघि बढ्नुभएको छ,’ शर्माले भने ।

समितिद्वारा गठित कार्यदलको बैठकमा विधेयकको प्रस्तावनामा ‘चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्न नेपाल सरकारले गठन गरेको कार्यदलको प्रतिवेदनलाई समेत दृष्टिगत गरी’ भन्ने वाक्यांश राख्ने सहमति भएको थियो । तर, त्यसलाई हटाएर पुरानै अवस्थाको विधेयक कार्यव्यवस्था समितिमा पेस गरिएको निवेदकहरूको आरोप छ । त्यसबारे जानकारी पाएलगत्तै कांग्रेसका जीवन परियारसहित १० जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले विधेयक फिर्ता गर्न भन्दै निवेदन हालेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments