२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारको खर्चमा होड

अ+ अ-

जनकपुर, महोत्तरी, लहान । जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए। चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट बटुलेका छन्। ‘प्रचारमा सहभागी भएपछि टिसर्ट पाइने भएकाले ज–जसले दिए, लिएँ, शुक्रबार उनले भने, ‘टिसर्ट सबैको लिने, भोट इच्छा लागेको ठाउँमा हाल्ने।’

चुनाव प्रचारको अन्तिम दिन राजपाले जनकपुर उपमहानगरपालिकामा निकालेको र्‍यालीमा १९ वर्षीय निरज महतो भेटिए। ‘र्‍यालीमा आएपछि खाजा र खानाको व्यवस्था हुन्छ। रमाइलो पनि हुन्छ। त्यसैले आएको’, उनले भने। जनकपुरमै रहेको एउटा पेट्रोल पम्पमा कांग्रेसको झन्डा बोकेको एउटा ठूलो हुल मोटरसाइकलमा पेट्रोल भर्दै थियो। ‘चुनावभरि गाडीमा तेल, गोजीमा रजनीगन्धा, पानमसला र खानामा मासुभातको पूर्ण व्यवस्था उम्मेदवारको तर्फबाट भएको छ’, हुलभित्रै कार्यकर्ता गफिँदै थिए।

शुक्रबार जनकपुरमा देखिएका यी दृश्य प्रदेश २ का आठै जिल्लामा चुनाव अवधिभर सरीबरी देखिए। चुनावमा ‘पैसाको खोलो’ बगेको बाक्लै चर्चा घरदेखि चियापसलसम्म प्रशस्त सुन्न पाइन्छ। ‘मनोनयन हुँदादेखि नै पैसाको व्यापक चलखेल भएको छ’, नेपाल पत्रकार महासंघ धनुषा जिल्ला अध्यक्ष अनिल मिश्र भन्छन्, ‘प्रचारप्रसारमा उत्तिकै भयो। अब मौन अवधिमा मतदाता प्रभावित पार्न खोजिन्छ।’

जनकपुर उपमहानगरपालिकामा कांग्रेस मेयरका प्रत्याशी मनोज साहले रामानन्द चोकस्थित सीता प्यालेस आफ्ना प्रचारकका लागि बुकिङ गरेका छन्। उनको कुवारामपुरस्थित घरमा पनि दैनिक २ सय भन्दा बढीको भोज हुने गरेको छ। राजपाका तर्फबाट मेयर प्रत्याशी लालकिशोर साहले जनकपुरका युवा क्लबलाई समातिरहेका छन्। ‘विगतमा सञ्जय साहले ती क्लब प्रयोग गरेका थिएु, एक जानकार दाबी गर्छन्।

जनकपुरमा जस्तै वीरगन्ज, कलैया, गौर, चन्द्रनिगाहपुर, मलंगवा, बर्दीवास, जलेश्वर, लहान, राजविराज आदि ठाउँमा पनि उम्मेदवारबीच पैसा खर्च गर्ने होड नै चलेको छ। प्रचारको अन्तिम दिन शुक्रबार सिरहाको कर्जन्हा नगरपालिकाका माओवादी केन्द्रका मेयर उम्मेदवार गंगा पासवानले ३ सय मोटरसाइकल र्‍याली निकाले।

प्रत्येक मोटरसाइकलमा ५ लिटर पेट्रोल बाँडे। करिब ५ सय व्यक्तिलाई मासुभात खुवाए। पासवान नजिकका एक कार्यकर्ताका अनुसार यसक्रमा ५ लाखभन्दा बढी खर्च भयो। ‘चुनाव प्रचारमा सहभागी हुँदा खानासँगै ५ सय हात पर्‍यो’, र्‍यालीमा सहभागी एकजनाले बताए। सिरहा धनगढीमाई नगरपालिका–११ का रामचन्द्र मरिक भन्छन्, ‘अब गरिबले राजनीति गर्ने दिन गए। खाजा त के एकदिनको पानीको खर्च पनि व्यहोर्न मुस्किल छ।’

लहान नगरपालिकामा एमालेका मुनि साह र कांग्रेसका अचमितलाल चौधरीबीच चुनावी प्रतिस्पर्धा मात्रै होइन, खर्च गर्ने प्रतिस्पर्धा पनि छ। संघीय समाजवादी फोरमका उम्मेदवार वैद्यनाथ साह पनि खर्च गर्ने होडमै भएको स्थानीय बताउँछन्। एक स्थानीय भन्छन्, ‘गोलबजार नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार धनाढ्य देवनाथ साहले खर्च गर्न सबैलाई उछिनेका छन्।’ सिरहा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार डा. शुभाषचन्द्र यादवसँगै सबै पार्टीका उम्मेदवारको दैनिक भोज चलिरहेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments