२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनसेल लाभकर छली प्रकरणः महिलेका बिक्रीमा पनि कर छली

अ+ अ-

काठमाडौं । ठूला करदाता कार्यालयले एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारणको प्रक्रिया अघि बढाएको छ । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न थालेको हो ।

पछिल्लो प्रक्ररणसँगै हालसम्म १२ पटक किनबेच भइसकेको एनसेलमा विगतमा पनि कर छलीको आशंका गरिएको हो । कार्यालय स्रोतका अनुसार १० औं र ११ औं पटकको बिक्रीसम्बन्धी अध्ययन पूरा गरी कर छलीका सम्भावित अंकसहित निर्धारणको प्रक्रिया अघि बढेको हो ।

‘एक सातामा लगातार दुईपटक २०६८ चैत्र ७ र १६ गते एनसेलको २० प्रतिशत सेयर बिक्री भएको देखिन्छ,’ स्रोतले भन्यो, ‘यो बिक्रीमा कर छली भएको देखिन्छ । ३० करोडभन्दा बढी पुँजीगत लाभकर छली भएको देखिएकाले असुली प्रक्रिया अघि बढाइएको हो ।’

ठूला करदाता कार्यालयले कर निर्धारणको प्रक्रियाअन्तर्गत सिनर्जी प्रालिको नाममा गोरखापत्र दैनिकमा सूचना जारी गर्दै स्पष्टीकरण मागेको छ । लगानीकर्ताको नाम नखुलाई जारी भएको उक्त सूचनामा पहिलेको बिक्री प्रकरणमा कर निर्धारण हुन नपर्ने कुनै ठोस सबुत प्रमाण भए १५ दिनभित्र पेस गर्न भनिएको छ ।

‘अन्यथा ऐनबमोजिम भई जाने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

यो प्रक्रिया सुरु भएपछि सिनर्जी प्रालिसँग सम्बन्धित लगानीकर्ता भने शक्ति केन्द्रहरूमा कर निर्धारण नगर्न दबाब दिँदै हिँडेको स्रोतको दाबी छ ।

‘कर निर्धारणपूर्व अध्ययन गर्न जेकेके एन्ड एसोसिएसन चार्टर्ड एकाउन्टेन्टलाई परामर्शदाताका रूपमा नियुक्त गरी उसले र कर अधिकृतहरूको निष्कर्षपछि कर निर्धारणको प्रक्रिया अघि बढेको हो,’ एक अधिकारी भन्छन्, ‘अब कर निर्धारण कुनै पनि हिसाबले रोक्न कानुनले नै दिँदैन ।’

आय विवरण पेस गर्दा गलत तथ्यांक पेस गरी कर छली गरेको आरोप कम्पनीमाथि छ । ‘सिनर्जी नेपाल प्रालिबाट पेस भएको आर्थिक वर्ष २०६८/६९ को आय विवरणमा समावेश गर्नुपर्ने सबै आय रकमहरू समावेश भएको नपाइएकाले आयकर ऐन २०५८ को दफा १०१ को उपदफा (४) बमोजिम संशोधित कर निर्धारण गर्न पर्ने भई कार्यालयको पत्र सूचना तामेल गर्न पठाउँदा कम्पनीको कार्यालय कुपन्डोलमा फेला नपरेको र कम्पनीको कर्पोरेट कार्यालय टंगाल भाटभटेनीमा २०७४÷५÷१९ गते पत्र बुझाउन जाँदा बुझी नलिएको र कम्पनीको आधिकारिक व्यक्तिसँग सम्पर्क हुन नसकेको हुँदा सिनर्जी नेपाल प्रालिकाको सूचना कम्पनीको प्रतिनिधिका रूपमा आएका फुर्वा दोर्जे लामालाई मिति २०७४/५/२२ गते बुझाई पठाइएको छ,’ सूचनामा भनिएको छ ।

उक्त सूचना हुलाकबाट समेत रजिस्ट्री गरिएको र मिति २०७४/५/२२ गते इमेलबाट समेत पठाइएको जनाइएको छ । बिक्रेता, क्रेता र उच्च प्रशासक तथा राजनीतिक नेतृत्वसँगको मिलेमतोमा कर छलीको आशंका गरिएको छ । २०५८ साल असार ७ गते स्थापित यो कम्पनीमा उच्च अधिकारीकै अप्रत्यक्ष लगानी हुने गरेकाले कर अधिकृतहरूले स्वतन्त्र रूपमा कर असुलको काम गर्न सकिरहेका छैनन् ।

‘सरसर्ती हेर्दा तेस्रोदेखि हालसम्म सबै प्रकरणमा कर छलीको भइरहेको अनुमान लगाउन सकिन्छ,’ कर निर्धारणमा संलग्न एक अधिकारी भन्छन्, ‘शक्ति केन्द्रको अनावश्यक दबाब झेल्नुनपर्ने हो भने पुराना बिक्रीका सबै प्रकरणको कर निर्धारण हुन्छ ।’ १२, ११ र १० औं बिक्री प्रकरणमा कर निर्धारण गरी असुलीको प्रक्रिया अघि बढाइसकेपछि तेस्रोदेखि नवौंसम्मको विषयमा अध्ययन गर्न सकिने उनले बताए ।

दुई वर्षअघि एनसेलको पूरै सेयर १ खर्ब ४४ अर्ब रुपैयाँमा बिक्री भएको घोषणापछि कर छलीको विषय सतहमा आएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments