४० हजार घुस लिँदालिँदै अध्यागमन विभागका नायब सुब्बा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४० हजार घुस लिँदालिँदै अध्यागमन विभागका नायब सुब्बा पक्राउ


२९ भाद्र २०७४, बिहिबार


काठमाडौं । अध्यागमन विभाग, कालिकास्थानमा कार्यरत नायब सुब्बा कोषराज भट्टराई घुससहित पक्राउ परेका छन्। भिसा एक्सटेन्सन गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस मागेको गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई रंगेहात पक्राउ गरेको हो।

नायब सुब्बा भट्टराईलाई आयोगको टोलीले सेवाग्राहीको उजुरीका आधारमा बुधबार दिउँसो कालीमाटीबाट घुस रकमसहित पक्राउ गरेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस