थप कर्मचारी सरुवा गर्दै सामान्य प्रशासन मन्त्रालय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

थप कर्मचारी सरुवा गर्दै सामान्य प्रशासन मन्त्रालय


२९ भाद्र २०७४, बिहिबार


काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगको निर्देशन अनुसार स्थगीत गरेको कर्मचारीहरुको सरुवा फुकुवा गरेको छ । मन्त्रालयले भदौ १२ र १४ गते विभिन्न मन्त्रालयका २ सय ९९ कर्मचारीलाई स्थानीय विकास मन्त्रायमा सरुवा गरेको थियो । निर्वाचन सम्पन्न पछि पनि स्थानीय तहमा कर्मचारी अभाव भएको भन्दै सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको थियो ।

त्यस्तो सरुवा निर्वाचन आचार संहिता विपरित भन्दै उजूरी परेपछि निर्वाचन आयोगले सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । आयोगको निर्देशनलाई आधार देखाउँदै सामान्य प्रशासन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले सरुवा स्थगीत गरेका थिए । बुधबार मन्त्रालयले सबै सरुवा सदर भएको जनाएको हो । निर्वाचन आयोगले नै उक्त सरुवालाई स्वीकृत दिएकाले रोक्किएका सरुवालाई फुकुवा गरेको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयले सरुवा वा काजमा खटाइएका सबै कर्मचारीहरुलाई तत्काल रमाना दिइ पठाउन पनि सम्वन्धित कार्यालयलाई निर्देशन दिएको छ ।

सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले बुधबार थप ८० जना अधिकृत तहमा कर्मचारीलाई स्थानीय विकास मन्त्रालय अन्तरगत सरुवा गरेको जनाएका छन् । कार्यबोझ कम भएका केन्द्रीय कार्यालयमा बसेका कर्मचारीहरु र लामो समय एउटै कार्यालय वा राजधानीमा बसेका कर्मचारीहरुलाई मन्त्रालयले सरुवा गरेको हो । सामान्य प्रशासन मन्त्रालयले आगामी भदौ ३० गतेभित्र स्थानीय तहलाई आवश्यक संख्यामा कर्मचारी पठाउने प्रतिवद्धता जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस